वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल आज जोर्डनसँग खेल्दै, साम्बाले नखेल्ने

नेपालभ्युज

वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल आज जोर्डनसँग खेल्दै, साम्बाले नखेल्ने

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल आज जोर्डनसँग खेल्दै छ । साउदी अरेबियामा खेल साँझ ७ बजे हुने छ । पहिलोपटक सहभागिता जनाएको नेपाल उपाधि चुम्दै इतिहास रच्ने दाउमा छ ।

जोर्डन पनि फाइनलमा नेपाललाई हराउँदै छैँटौँ पटक उपाधि उचाल्ने योजनामा छ ।

फाइनल खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने नहुने भएकी छन् ।

फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा साम्बाले खेल्न नपाउने भएको एन्फाले जनाएको छ । वाफमा सर्वाधिक ९ गोल गरेकी सावित्रा सर्वाधिक गोल गर्ने खेलाडी भएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved