लेबनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपालभ्युज

लेबनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लेबनानलाई २ – १ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो ।

गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्न सफल भयो ।
सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन् । खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।

नेपालले अब उपाधिका लागि भोलि जोर्डनसँग खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved