शरीर चिलाउँछ ? के कारण होला ?

नेपालभ्युज

शरीर चिलाउँछ ? के कारण होला ?

एजेन्सी । प्रायः रुखो तथा सुख्खा छाला हुँदा शरीर एकदमै चिलाउने गर्छ । साथमा छालासम्बन्धी रोगले पनि तपाईंलाई यस्तो समस्या हुन सक्छ ।

आज यहाँ जानौं सम्पूर्ण शरीर चिलाउने समस्या कस्तो अवस्थामा हुने गर्छ भनेर ।

  • सोरायसिस जस्तो समस्या हुँदा शरीर लगातार चिलाउँछ । यो रोगमा छालामा कतला निस्कने गर्छ ।
  • शरीरमा रगतको कमी हुँदा पनि चिलाउन थाल्छ । साथमा चिकन पोक्स हुँदा पनि यस्तो समस्या हुने गर्छ ।
  • कलेजोको रोगले ग्रस्त व्यक्तिमा पनि चिलाउने समस्या देखिन्छ । साथमा मिर्गौला खराब हुँदा पनि यस्तो समस्या हुन्छ ।
  • छालामा सुख्खापन तथा रुखो हुँदा पनि चिलाउने समस्या हुन्छ । यस्तोमा छालालाई मोइस्चराइज गरिरहनुहोस् ।
  • कतिपय नारकोटिक तथा एन्टीबायोटिक औषधिको सेवनले पनि शरीरमा चिलाउने समस्या हुन्छ ।
  • जंक फुडको अत्यधिक सेवनले पनि छालामा एलर्जी हुन्छ जसले गर्दा चिलाउन सक्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved