वाफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले आज लेबनानसँग खेल्दै

नेपालभ्युज

वाफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले आज लेबनानसँग खेल्दै

काठमाडौं । नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ ।

समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लाखेको हो ।

वाफ च्याम्पियनको डेब्यू खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५–० ले पाखा लगाएको थियो । तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।

लेबनान समूह ए को उपविजेता हो । खेल नेपाली समय अनुसार राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ ।
आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन् ।

आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved