खानुहोस् करेला, पाउनुहुनेछ धेरै फाइदा

नेपालभ्युज

खानुहोस् करेला, पाउनुहुनेछ धेरै फाइदा

एजेन्सी । औषधीय गुणले भरपूर करेला स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । करेलालाई नियमित खानपानमा समावेश गर्नाले विभिन्न समस्याबाट राहत पनि पाउन सकिन्छ ।

आउनुहोस् जानौं यसका फाइदा बारे–

  • करेलामा जिंक, आइरन, पोटाशियम, बीटा क्यारोटिन, भिटामिन ए र सी जस्ता कयौं पोषक तत्व हुन्छन्, जसले स्वास्थ्यलाई विभिन्न लाभ दिन्छ।
  • करेलालाई तरकारी, चिया, जुस, धुलो, चिप्स आदिको रुपमा आफ्नो खानपानमा समावेश गराउन सक्नुहुन्छ ।
  • करेलामा विभिन्न औषधीय गुण पनि हुन्छन् । यसले शरीरको टक्सिन बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रो हुन्छ र छाला सफा तथा चम्किलो पनि हुन्छ ।
  • करेला विशेषगरी मधुमेहका रोगीका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई नियमित खानपानमा समावेश गराएर मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
  • करेलामा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । यसले शरीर सुन्निएकोमा राहत दिन्छ ।
  • करेलालाई खानपानमा समावेश गराएर रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । जसले विभिन्न रोगबाट शरीरलाई जोगाउँछ ।
  • करेलामा प्रसस्त मात्रामा भिटामिन ए र सी पाइन्छ जो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ ।
  • करेलामा हुने पोषक तत्वले पेटको बोसो कम गर्न सहयोग गर्छ । तपाईंले तौल कम गर्न खोजीरहनु भएको छ भने करेलालाई अवश्य आफ्नो खानपानमा समावेश गराउनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved