प्याज काँचै खाँदा पनि हुन्छ धेरै फाइदा

नेपालभ्युज

प्याज काँचै खाँदा पनि हुन्छ धेरै फाइदा

एजेन्सी । प्याज हाम्रो दैनिक आहारको मुख्य हिस्सा मानिन्छ । भोजनको स्वाद बढाउनदेखि लिएर विभिन्न तरिकाले हामीले यसलाई खानामा प्रयोग गर्छौं । तर, प्याज काँचै खाँदा पनि धेरै फाइदा पाइन्छ भनेर विभिन्न अध्ययनले देखाईसकेको छ ।

भिटामिन सी, बी ६, फोलेट, पोटाशियम, म्याग्नेशियम जस्ता महत्वपूर्ण पोषक तत्वले भरपूर प्याज खानुका विभिन्न फाइदा छन् ।

प्याज आफ्नो एन्टीअक्सीडेन्ट गुणका लागि पनि चिनिन्छ । जसले शरीरलाई कयौं रोगबाट बचाउन सहयोगी हुन्छ ।

प्याजमा प्रीबायोटिक फाइबर हुन्छ, जसले पाचन सिस्टमलाई स्वस्थ राख्ने काम गर्छ ।

त्यस्तै प्याजमा हुने एन्टीब्याक्टेरियल तथा एन्टीभाइरल गुणले संक्रामक रोगहरुबाट बचाउन सहयोग गर्छ ।

प्याजमा प्य्रोक्सीडीन हुन्छ जसले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा हुने सल्फर र क्वर्सेटिनको मात्राले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved