एजेन्सी । लामो समयसम्म ल्यापटप वा कम्यूटरको प्रयोग गरिरहँदा आँखामा थकावट महसुस हुन्छ ।
आँखामा थकान भएपछि दैनिक कार्यमा पनि नराम्रो असर गर्दछ । आँखाको थकान कम गर्ने केही कसरत छन् । त्यसबारे जान्नुहोस ।
आँखालाई गोलो घुमाउने
थकान कम गर्न आँखालाई गोलाकारमा घुमाउनुहोस् । यसो गर्नाले आँखाका मांसपेशीको सन्तुलन पनि बनिरहन्छ ।
यो गर्न कुनै पनि अवस्थामा डाढ सिधा पारेर बस्नुहोस् । अब गहिरो स्वास लिँदै आँखालाई दायाँबाट बायाँ हुँदैन माथि लगेर घुमाउनुहोस् । पुनः यसलाई उल्टो दिशामा पनि घुमाउनुहोस् ।
फोकस चेन्ज
यो कसरत गर्नाले आँखाको थकान कम हुन्छ । साथमा यो अभ्यासले डिजिटल आई स्ट्रेनको समसया पनि कम हुन्छ ।
यसका लागि तपाईंले आफ्नो औंलालाई नाकतिर ल्याउँदै आँखालाई औंलामा फोकस गर्नुहोस् ।
माथिदेखि तलतिर
आँखाको थकान कम गर्न माथिदेखि तलतिर आँखालाई लग्ने कसरत गर्न सकिन्छ । यसको नियमित अभ्यासले आँखाका मांसपेशीमा लाभ हुन्छ ।
कलम पुशअप
कलम पुसअप गर्नाले पनि आँखाको थकान भगाउन सकिन्छ । यसका लागि कलमलाई आँखाको केही दुरी पर राख्नुहोस् । अब सम्पूर्ण फोकस कलमको टुप्पोमा राख्नुहोस् ।
परेला झम्काउने
आँखालाई आराम दिन परेला झम्काउने पनि राम्रो विकल्प हो । यसो गर्नाले आँखामा भएको तनाव पनि कम हुन्छ ।
तातो हात लगाउने
दुवै हातलाई जोडले रगड्ने जसले गर्दा तातोपन आउँछ । अब उक्त तातो हातले आँखालाई सेक्ने गर्दा पनि एकदमै आराम पाउन सकिन्छ ।
Facebook Comment
Comment