कुशल भूर्तेल ६६ रनमा आउट

नेपालभ्युज

कुशल भूर्तेल ६६ रनमा आउट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल ६६ रनमा आउट भएका हुन्।

उनलाई नेदरल्याण्ड्सका रोइलोफ भान देर मर्वीले आउट गरे। अहिले आरिफ शेख र गुल्स्न झाले ब्याटिङ गरिरहेका छन्।

यसअघि भीम सार्की शुन्य रनमा बोल्ड हुँदा दीपेन्द्र सिंह ऐरी १ रनमा रनआउट भए। रोहित कुमार पौडेल १६, कुशल मल्ल २, अनिल साह ७ र आसिफ शेख १७ रनमा आउट भए। टस जितेर

नेदरल्याण्ड्सले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो। नेपालले ३६.४ ओभरमा ७ विकेटको क्षतिमा १२२ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved