वाफ महिला च्याम्पियनसिप:

प्यालेस्टाइनमाथि नेपाली टोलीको रवाफ, नेपाल सेमिफाइनलमा

नेपालभ्युज

प्यालेस्टाइनमाथि नेपाली टोलीको रवाफ, नेपाल सेमिफाइनलमा

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति साउदीको जेद्हामा भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको हो ।

लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै नेपाल शीर्ष स्थानमा छ ।
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १–१ गोल गरे । जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन् । उनी गोल्डेन बुटको दाबेदार हुन् ।

इराक विरुद्ध उनी उक्लैले ५ गोल गरेकी थिइन् । नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् । फाइनल खेल बिहीबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved