एजेन्सी । गार्ड, शिक्षक जस्ता काममा प्रायः मानिसलाई लामो समय उभिनुपर्ने हुन्छ । यस्तोमा लामो समय उभिइरहँदा विभिन्न समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।
आउनुहोस् यसबारे यहाँ जानौं–
लामो समय उभिरहँदा मानिसको खुट्टामा दुखाईको समस्या हुन सक्छ । यसबाहेक उभिइरहँदा खुट्टाका मांसपेशीमा दबाबा आउँछ जसले गर्दा खुट्टाको दुखाई बढ्छ ।
धेरै समय उभिइरहँदा कतिपय मानिसका हड्डी पनि कमजोर हुन थाल्छन् । जसले गर्दा हड्डीहरुमा दुखाई तथा हड्डीसम्बन्धी रोग लाग्ने समस्या देखिन्छ ।
लामो समयसम्म उभिइरहँदा खुट्टाको पन्जा तथा पैतला सुन्निने समस्या पनि देखिन्छ । लामो समय उभिइरहँदा खुट्टामा रगत जम्मा हुन थाल्छ जसले गर्दा खुट्टा सुन्निने समस्या आउँछ ।
दैनिक लामो समय उभिइरहँदा डाढको तल्लो भाग अर्थात कम्मर दुख्ने समस्या पनि हुन्छ । साथमा यसले शरीरको पोस्चर पनि खराब हुन्छ । त्यसैले बीच-बीचमा बस्ने तथा हिँड्ने गर्नुपर्दछ ।
लामो समय उभिइरहँदा शरीरमा रक्तसञ्चारमा पनि समस्या हुन्छ । जसले गर्दा खुट्टा सुन्न हुने तथा निदाउने समस्या पनि आउँछ ।
लामो समय उभिइरहँदा खुट्टामा दुखाई त हुन्छ नै साथमा यसले घुँडा तथा जोर्नीहरु दुख्ने र सुन्निने समस्या पनि आउँछ ।
धेरै समय उभिइरहँदा नसाको समस्या पनि हुन सक्छ । उभिइरहँदा खुट्टाका नसामा दबाव पर्छ जसले गर्दा नसा दब्ने र फुल्लिने समस्या अत्यधिक देखिन्छ ।
Facebook Comment
Comment