पसलमा तेल किन्न जान निस्केका पुरुषको गोठमा परालले छोपेको शव फेला

नेपालभ्युज

पसलमा तेल किन्न जान निस्केका पुरुषको गोठमा परालले छोपेको शव फेला
सांकेतिक तस्वीर

काठमाडौं । तेल किन्न भनेर २ दिनअघि हिँडेका एक पुरुष भक्तपुरमा मृत फेला परेका छन् । शुक्रबार सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै एक गोठमा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

मृतक तेह्रथुम छथर गाउँपालिका वडा नम्बर २ घर भई सूर्यविनायक सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल हुन् ।

डिएसपी पाठकका अनुसार उनी बुधबार राति ८ बजे कोठाबाट तेल किन्न जाने भनेर निस्केका थिए । खोज्ने क्रममा उनको शव स्थानीय रोशन बस्नेतको कच्ची इटा र माटोले बनेको दुई तले गोठको भुइँ तलामा परालले छोपेको अवस्थामा रगताम्मे फेला परेको हो ।

घटनामाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved