सेन्ट्रल जोन भलिबलमा नेपालको विजयी शुरुआत

नेपालभ्युज

सेन्ट्रल जोन भलिबलमा नेपालको विजयी शुरुआत

काठमाडौं। एशियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टिमले विजयी शुरुआत गरेको छ। आजदेखि बंगलादेशमा शुरु प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट पुनरागन गर्दै नेपालले श्रीलंकालाई ३-२ सेटमा पराजित गर्‍यो।

ढाकास्थित मिरपुर इन्डोर स्टेडियममा भएको खेलमा नेपालले शुरुआती दुई सेट गुमाए पनि त्यसपछिका लगातार तीन सेट जित्दै समूह चरणमा विजयी शुरुआत गरेको हो।

नेपालले पहिलो सेट १९-२५ र दोस्रो सेट २१-२५ ले गुमाएको थियो। यसपछि तेस्रो र चौथो सेट लगातार २५-१५ र २५-१९ ले आफ्नो पक्षमा पार्दै नेपालले खेललाई निर्णायक पाँचौं सेटसम्म पुर्‍याएको थियो।

अन्तिम सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पार्‍यो।

अब समूहको दोस्रो खेलमा भोलि (शुक्रबार) नेपाल मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल यो प्रतियोगिताको महिलातर्फ डिफेन्डिङ च्याम्पियन हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved