काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्ती सुटिङमा फर्किएका छन् । उनले चलचित्र शास्त्रीको छायांकन पुनः सुरु गरेका छन् ।
यो जानकारी मिथुनलाई भेट्न सेटमा पुगेका फिल्म निर्माता मधुर भण्डारकरले भिडियोमा सेयर गरेका हुन् । शेयर गरिएको भिडियोमा मिथुन स्वस्थ देखिन्छन् ।
१० फेब्रुअरीको बिहान छाती दुखेपछि मिथुन कोलकाताको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । पछि, डाक्टरहरूले जारी गरेको स्वास्थ्य अपडेटमा उनलाई ब्रेन स्ट्रोक (इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना) भएको बताइएको थियो।
स्वास्थ्यमा सुधार आएपछि उनलाई गत फागुन १३ गते डिस्चार्ज गरिएको थियो ।
Facebook Comment
Comment