सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक युवा पक्राउ

नेपालभ्युज

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक युवा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पूर्व प्रेमिकाको तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई नियन्त्रणमा लिएको हो ।

थापाले ती महिलासँग सम्बन्धमा रहेका बेला खिचिएका अन्तरंग तस्वीर र भिडियोसम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धानले दोषी देखाएपछि थापालाई गोङ्गबुबाट पक्राउ गरिएको हो ।

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved