वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल इराकसँग खेल्दै

नेपालभ्युज

वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल इराकसँग खेल्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इराकसँग खेल्दैछ । खेल साउदी अरबको किङ्ग अबदुल्लाह स्पोर्टस् सिटी स्टेडियममा राति पौने ८ बजे हुनेछ ।

यसअघि भएको खेलमा नेपालले सिरियालाई हराएको थियो भने इराक प्यालेस्टाइनसँग हारेको थियो ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणको अन्तिम खेलमा नेपालले पर्सी प्यालेस्टाइनसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved