सुर्खेत । दादुरा रुवेला खोप अभियान अन्तर्गत सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाइने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले जानकारी दिए ।
पहिलो चरणमा फागुन १३ देखि १५ गतेसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेंसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाइने छ भने दोस्रो चरणमा फागुन २१ गते २५ गतेसम्म विरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुले गाउँपालिका र पञ्चपरी नगरपालिका रहेका छन् ।
प्रत्येक खोप केन्द्रमा सहयोगीसहित १ सय २५ बालबालिका बराबर ३ जना स्वास्थ्यकर्मी खटिने जनस्वास्थ्य निरीक्षक बुढाले बताए ।
२ सय २२ जना स्वास्थ्यकर्मीले जिल्लामा खोप अभिमुखिकरण सम्वन्धी तालिम लिएर गाउँ पुगेका छन् ।
Facebook Comment
Comment