क्यानडाविरुद्ध अर्जुन ४० र सन्दीप ६६ रनमा आउट

तेस्रो विकेटका लागि अर्जुन र सन्दीपले १०४ रनको साझेदारी

नेपालभ्युज

क्यानडाविरुद्ध अर्जुन ४० र सन्दीप ६६ रनमा आउट

काठमाडौं। क्यानडा ११ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले थप २ विकेट गुमाएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका अर्जुन कुमाल ४० रन र सन्दीप जोरा ६६ रनमा आउट भएका हुन् । अर्जुनलाई क्यानडाका निखिल दत्तले आउट गर्दा सन्दीपलाई साद विन जफरले आउट गरे।

तेस्रो विकेटका लागि अर्जुन र सन्दीपले १०४ रनको साझेदारी गरे । अहिले बसिर अहमद र किरण ठगुन्नाले नेपाल ‘ए’का लागि ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपाल ‘ए’का ओपनर मयन यादव पहिलो बलमा नै डगआउट भए । २.३ ओभरमा शेर मल्ल पभिलियन फर्किए । २४१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’ले २७ ओभरमा ४ विकेटको क्षतिमा ११७ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved