त्रिवि पत्रकारिता केन्द्रीय विभाग अब आफ्नै ‘क्यामेरा घर’बाट सञ्चालन हुने

नेपालभ्युज

त्रिवि पत्रकारिता केन्द्रीय विभाग अब आफ्नै ‘क्यामेरा घर’बाट सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा सरेको छ ।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुस्थित आफ्नै ‘क्यामेरा घर’बाट सञ्चालन हुनेछ ।

भवनको बुधबार त्रिविका उपकुलपति प्रा.डा. शिलवाल भुसालबाट उद्घाटनसमेत भइसकेको छ । भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गरेको विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।

भवनभित्र सुविधायुक्त कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टूडिओ, टेलिभिजन स्टूडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि-प्राध्यापक आवासलगायत रहेका छन् ।

भवन उद्घाटन भएसँगै सबै कार्यक्रमहरू त्यहीँबाटै सुरू हुनेसमेत खनालले बताए ।

त्रिविले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved