लोक सेवासम्बन्धी अनलाइन कक्षा सञ्चालन गर्दै किरात राई कर्मचारी मञ्च

नेपालभ्युज

लोक सेवासम्बन्धी अनलाइन कक्षा सञ्चालन गर्दै किरात राई कर्मचारी मञ्च

काठमाडौं । किरात राई कर्मचारी मञ्चले लोक सेवासम्बन्धी अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

विगतदेखि नै लोक सेवासम्बन्धी विभिन्न कक्षाहरू सञ्चालन गर्दै आएको मञ्चले पुन: फागुन ७ गतेदेखि नायब सुब्बा वा सोसरहको अनलाइन कक्षा सञ्चालन गर्न लागेको हो ।

नेपाल सरकारका उपसचिवसमेत रहेका मञ्चका सचिव योग्यप्रसाद राईका अनुसार फागुन ५ गतेभित्र सहभागीहरूले दरखास्त भरिसक्नुपर्नेछ । “पाठ्यक्रमअनुसार प्रशासनको दोस्रो र तेस्रो पत्रहरूको कम्तिमा ६० भन्दा बढी कक्षाहरू सञ्चालन हुनेछ,” सचिव राईले भने ।

अनलाइन कक्षा हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म २ घण्टाको हुनेछ ।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved