‘अग्र अनुहार’ विमोचनमा लफडा, च्यातियो पुस्तक

नेपालभ्युज

‘अग्र अनुहार’ विमोचनमा लफडा, च्यातियो पुस्तक

काठमाडौं । नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचनमा लफडा भएको छ ।

पत्रकार महासङ्घका संस्थापक अध्यक्ष को भन्ने सन्दर्भमा लफडा हुँदा विमोचित पुस्तकसमेत च्यातिएको छ ।

पुस्तकमा महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई उल्लेख छ । उनी २०१२ सालमा महासङ्घका अध्यक्ष बनेका थिए । तर, त्योभन्दा ४ वर्षअगाडि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ महासङ्घका अध्यक्ष बनेको पुष्टि भइसक्दा पनि भट्टराई नै लेखिनु दुखद् भएको भन्दै विरोध गरिएको आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव मिलन लिम्बूले बताए ।

महासचिव लिम्बूका अनुसार श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाल पत्रकार सङ्घ गठन भएको थियो । महासङ्घले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुङ्गो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक-पटक ध्यानाकर्षण गराएको महासचि लिम्बूको भनाइ छ ।

गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न महासचिव लिम्बूले शनिबार नै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर, नरोकिएपछि पुस्तक च्यातिएको उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved