अन्तराष्ट्रिय क्रिकेटमा आकाश चन्दको डेब्यू, क्यानडाविरुद्ध पहिलो विकेटको खोजीमा नेपाल

नेपालभ्युज

अन्तराष्ट्रिय क्रिकेटमा आकाश चन्दको डेब्यू, क्यानडाविरुद्ध पहिलो विकेटको खोजीमा नेपाल

काठमाडौं। यू–१९ टोलीका मिडियम पेसर आकाश चन्दले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाविरुद्ध जारी खेलमा आकाशले नेपालका लागि डेब्यू गरेका हुन्।

नेपालको लागि एकदिवसिय क्रिकेटमा डेब्यू गर्ने आकाश ४० औँ खेलाडी बनेका छन्।

उनलाई शरद भेषावकरले क्याप दिए।आईसीसी विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका आकाशले राष्ट्रिय टोलीमा स्थान पक्का गरेका हुन्।

टस जितेर क्यानडाले पहिले ब्याटिङ रोजेसँगै नेपालले अहिले बलिङ गरिरहेको छ। ५ ओभरको समाप्तीमा क्यानडाले ३० रन बनाउँदा नेपाल पहिलो विकेटको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved