पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विहे अवैध ठहर, ७ वर्ष जेल सजाय

नेपालभ्युज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विहे अवैध ठहर, ७ वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी तेस्रो श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले ७ वर्ष जेल सजाय सुनाएको छ ।

उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले ५ लाख रुपैयाँ जरिवानासहित ७ वर्षको जेल सजाय सुनाएको हो ।

काला जादु गर्ने महिलाका रुपमा परिचित ४० वर्षिया बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केहि महिनाअघि मात्रै विहे गरेका थिए । खान यसअघि नै भ्रष्टाचारको अभियोगमा जेल सजाय काटिरहेका छन् ।

गत बुधबारमात्र खान र बुशराले राज्यलाई प्राप्त भएको उपहार बेचेर अवैध आर्जन गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको थियो । ७१ वर्षिय पुर्वप्रधानमन्त्री खानले आफुविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साधेको आरोप लगाएका छन् ।

पाकिस्तानका पूर्व क्रिकेट कप्तान समेत रहेका खानलाई सन् २०२२ मा प्रधानमन्त्रीबाट हटाइएको थियो ।

बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई ७ वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफुलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।

बीबीले सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानूनको उलंघन गरेको अदालतको ठहर छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved