काठमाडौं। कारोबार हुने साताको पहिलो तीन दिन लगातार बढेको नेप्से परिसूचकमा चौथो दिन भने दोहोरो अंकको गिरावट आएको छ ।
आइतबारदेखि लगातार दोहोरो अंकले बढ्दै आएको नेप्से बुधबार २१.६७ अंकले घटेको हो । यो गिरावटपछि बजार परिसूचक २०९७.९३ बिन्दुमा ओर्लिएको छ।
बुधबार बजारमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । गत सोमबार मात्रै १० अंकले बढेर नेप्सेले २१ सय बिन्दु छोएको थियो ।
बुधबारको कारोबारमा समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर स्याङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
बुधबार बजार पूँजीकरण ३२ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।
Facebook Comment
Comment