आइतबार दोहोरो अंकले बढेको परिसूचक सोमबार १०.२६ अंकले उकालो लागेको हो । आज नेप्से परिसूचक ०.४८ प्रतिशतले बढेर २१०४.७२ को विन्दुमा कायम भएको हो ।
३ सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर एक लाख ३ हजार १५३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बैंकिङ समूह ०.०६, लघुवित्त समूह ०.०५ र निर्जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह १.६४ र जलविद्युत् समूह १.०८ प्रतिशतले बढेका छन् ।
युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैयाँ बराबरको ९ लाख ५११ कित्ता शेयर किनबेच भएको छ ।
Facebook Comment
Comment