प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुदै छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ ।

१० टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अंक तालिकाको पाँचौँ स्थानमा छ । सुदूरपश्चिम हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै ८ अंक जोडेको छ । यस्तै आर्मी क्लब अंक तालिकाको चांैथो स्थानमा छ ।

आर्मीले हालसम्म सात खेलमा ५ मा जित हासिल गर्दै १० अंक जोडेको छ ।
यसैगरी गण्डकी प्रदेश अंक तालिकाको आठौँ स्थानमा छ ।

गण्डकीले ७ खेलमा दुईमा विजयी हुँदै ४ अंक बनाएको छ । यस्तै नेपाल पुलिस क्लबले अहिलेसम्म खेलेका सबै खेलमा जित हासिल गर्दै १२ अंकका साथ शीर्ष स्थानमा छ । हिजो भएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेश र आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved