छाउनीमा ट्याक्सी चालकलाई चक्कु हान्ने समातिए

ट्याक्सी चालकलाई चक्कु प्रहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

नेपालभ्युज

छाउनीमा ट्याक्सी चालकलाई चक्कु हान्ने समातिए
सांकेतिक तस्वीर

काठमाडौं। ट्याक्सी चालकलाई चक्कु प्रहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले बारा कलैया घर भएका १९ वर्षीय विकास सरावलाई नियन्त्रणमा लिएको हो।

शुक्रवार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनीस्थित नेपाल टेलिकम अगाडी बा १ ज १४४६ नम्बरको ट्याक्सी चालक काभ्रे रोशी गाउँपालिका घर भएका ३८ वर्षीय कृष्णबहादुर लामालाई चक्कु प्रहार गरेका थिए।

घाइते लामाको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved