काठमाडौं। प्रधानमन्त्री कप एकिदवसीय राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले दोस्रो जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार गण्डकीले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।
१९९ रनको लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो। करण पंगेनीले ७९ रन बनाए । इश्वर क्षेत्रीले ३६ र मुस्कान थापा मगरले २७ रन जोडे।
बागमतीका लागि प्रतिस जिसीले २ तथा विपिन आचार्य, रिजन ढकाल र सूर्य तामाङले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीले १९८ रन बनाएको थियो । बागमतीका लागि अशुतोष घिरैयाले ४४ र इशान पाण्डेले ४३ रन बनाए।
बागमतीलाई सस्तैमा प्याक गर्न कमल परियारले ४ विकेट लिए । विपिन खत्री र अमृत गुरुङले २–२ तथा सन्दिप पराजुलीले १ विकेट लिए।
५ खेलमा २ जित हासिल गरेको गण्डकी ४ अंकसहित अंकतालिकाको आठौं स्थानमा छ। बागमती ८ अंकसहित दोस्रो स्थानमा छ।
Facebook Comment
Comment