प्रधानमन्त्री कप क्रिकेटमा आज तीनवटा खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा आज तीनवटा खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज पनि तीनवटा खेल हुँदैछन् । बिहान सवा ९ बजे कीर्तिपुर मैदानमा एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । सवा ९ बजे नै अर्को खेल मुलपानीम हुने छ ।

मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै भैरहवामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिडनेछन् ।

यसअघि हिजो भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका थिए । बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको थियो । लुम्बिनी प्रदेश भने कर्णालीसँग ६० रनले पराजित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved