तराई मधेसमा चिसो बढेपछि धमाधम विद्यालय बन्द गरिँदै

नेपालभ्युज

तराई मधेसमा चिसो बढेपछि धमाधम विद्यालय बन्द गरिँदै

काठमाडौं । तराई मधेसमा हुस्सु र शीतलहरका कारण चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न थालिएको छ ।

चिसोबाट बालबालिकालाई जोगाउन स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चिसो बढेपछि विराटनगर महानगरपालिका, इटहरी उपमहा नगरपालिकाले शैक्षिक सस्था बन्द गर्ने निर्णय गरेका छन् ।

यस्तै मोरङ, सुनसरी र झापाका अन्य पालिकाले पनि बर्खे विदाबाट कट्टा हुने गरि शैक्षिक सस्था बन्द गराएका छन् ।

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।

अत्यधिक चिसो हुन थालेपछि विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै विदा दिने निर्णय गर्नु परेको महानगरपालिकाले जनाएको छ ।

तराई मधेसमा पछिल्लो समय तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ ।

इटहरी उप महानगरपालिकाले पनि आजबाट तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved