काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई १२६ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३२१ रनको विशाल लक्ष्य पछ्याएको मधेस ६ बल बाँकी हुँदै १९४ रनमा अलआउट भयो।
मधेसका लागि पवन सराफले ६५ रन बनाए पनि हार टार्न सकेनन् । मयन यादवले ३४ र राजेश यादवले ३२ रन बनाए ।
आर्मीका शाहब आलमले ४, सोमपाल कामीले २ तथा जितेन्द्र मुखिया र कुशल मल्लले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको आर्मीले ३२० रन बनाएको थियो । कप्तान विनोद भण्डारीले शतक प्रहार गरे । उनले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाए । सन्तोष कार्कीले ४२ र कुशल मल्लले ३७ रन जोडे।
मधेसका लागि रंजित कुमारले ५ विकेट लिए । विशाल पटेलले २ तथा रुपेश सिंह र राजेश यादवले १–१ विकेट लिए।
Facebook Comment
Comment