सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो

नेपालभ्युज

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

बलात्कारको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडाैंले बुधबार यस्तो फैसला गरेको हो ।  गत पुस १३ मा लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका थिए ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको थियो । बुधबार ढकालकै इजलासले उनलाई सजाय तोकेको हो ।

उनीविरुद्ध परिवर्तित नाम गौशाला २६ ले मुद्दा दायर गरेकी थिइन् । अदालतले जरिवाना र क्षतिपूर्ति गरेर पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

सन्दीपले यो फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved