राष्ट्रिय भलिबल : सुदूरपश्चिमसँग कर्णाली पराजित

नेपालभ्युज

राष्ट्रिय भलिबल : सुदूरपश्चिमसँग कर्णाली पराजित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग कर्णाली पराजित भएको छ । सोमबार भएको सुदूरपश्चिम र कर्णालीको खेलमा सुदुरपश्चिमले कर्णालीलाई पराजित गरेको हो ।

सुदूरपश्चिमले पहिलो सेट २५–२१ ले जित हात पार्दा दोस्रो सेट भने कर्णालीले २५–२१ ले नै खेल आफ्नो पक्षमा फर्काएको थियो । त्यसपछिका दुई सेट सुदूरपश्चिमले २५–१८ र २५–२३ ले नतिजा हात पारेको थियो ।

यसअघि भएको खेलमा सुदूरपश्चिम आर्मी र गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

आजै भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो। तीनवटै विभागीय टोली आर्मी, नेपाल प्रहरी, साबिक विजेता एपीएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन् । अहिले विभागीय टोली एपीएफ र पुलिस तथा अन्तिम खेल आर्मी र गण्डकीबीच हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved