सुर्खेत । वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मीले सुदूरपश्चिमलाई हराएको छ । आर्मीले सुदूरपश्चिमलाई ३-१ को सेटमा हराएको हो । यो हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।
दोस्रो बाहेक अन्य सेटमा खासै चुनौतीको सामना नगरेको आर्मीले २५–१५ , २१–२५, २५–१४ र २५–१८ ले खेल जितेको हो ।
यस्तै एपीएफले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा हराएको छ । लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपीएफ २५-२२,२३-२५ ,२५-२२ र २५- १५ ले विजयी भएको थियो। दोस्रो सेटमा एक समय १७-१० ले पछाडि रहेको खेल लुम्बिनीले उल्टाएको थियो।
तेस्रो सेटमा भने लुम्बिनीले २२–१८ को अग्रता जोगाउन सकेन । २२–१८ बाट लगातार ७ अंक जोड्दै एपीएफले सेट आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा लुम्बिनीले खासै चुनौती दिन सकेन ।
प्रतियोगितामा भोलि पनि चार खेल हुने भएका छन ।
तीन वटै विभागीय टोली आर्मी, नेपाल प्रहरी, साविक विजेता एपीएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन् ।
Facebook Comment
Comment