काठमाडौं । सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।
आईतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन् । उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताए ।
उनले स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उल्लेख गरे । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनिरहँदा ५ अर्बको चामल खरिद भइरहेको बताए । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने बताए ।
उनले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औं योजना तर्जुमा गर्न निर्देशन दिए ।
Facebook Comment
Comment