वुड एक्स्पोमा उपभोक्ता भन्छन्–सामग्री नयाँ डिजाइनका, मूल्य निकै महंगो

नेपालभ्युज

वुड एक्स्पोमा उपभोक्ता भन्छन्–सामग्री नयाँ डिजाइनका, मूल्य निकै महंगो

काठमाडौं । नवौं नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरुले नेपालमा काठको उपलब्धतालाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपाली बजारमा काठजन्य सामग्रीहरुको उपलब्धतालाई बिस्तार गर्न नसक्नाले पनि काठजन्य सामग्रीहरु भन्दा प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोग बढी हुने गरेको बताए ।

उनीहरुले मेलामा नयाँ नयाँ डिजाइनका सामग्रीहरु देखिएपनि मूल्य महंगो भएको गुनासो गरे । उनीहरुले प्लाष्टिक भन्दा काठको प्रयोमगा बढी जोड दिनुपर्ने बताए । मेलामा पुगेका अवलोकनकर्ता अर्जुनप्रसाद पराजुलीले मेलामा नयाँ नयाँ प्रोडक्टहरु पाएको बताए । उनले प्लास्टिकको सामान काठका जस्ता लामो समय टिक्ने र राम्रो नहुने भएकाले काठको बढी प्रयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अवलोकनकर्ता प्रेम राईले काठ महंगो भएकाले प्लाष्टिकको सामग्रीहरु किन्ने क्रम बढेकाले काठका सामग्रीहरुको मूल्यमा कम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले प्लाष्टिक वातावरणीय हिसावले हानिकारक रहेको भन्दै जंगल बढाएर त्यहाँबाट काठहरु प्रयोग गर्न सक्नुपर्ने बताए ।

त्यस्तै खिलप्रसाद सुवेदी भने काठका सामग्रीहरु महंगो हुने भएकाले उच्च घरानाका मानिसहरुले मात्रै काठजन्य सामग्रीको प्रयोग गर्न सक्ने भएकाले सरकारले सहुलियत दिनुपर्ने बताउँछन् । जंगलमा सडेका काठहरुको प्रयोग गरेर काठका सामानहरुको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

उपभोक्ता अनुज कुँवरले काठका सामानहरु धेरै नै महंगा भएकाले मूल्य कम गर्नुपर्ने बताए । उनले देशमा भएको जंगलबाट काठ प्रयोग गर्ने भन्दा पनि छुट्टै बिरुवाहरु रोपेर त्यसबाट काठजन्य सामग्रीहरु बनाउनु राम्रो र उचित हुने धारणा राखे ।

त्यस्तै काठलाई घरसम्म ल्याएर उपयोग गर्नका लागि कानून नै बाधक रहेकाले सरकारले कानून सहज बनाउनुपर्ने बताए । त्यस्तै उपभोक्ता शम्भुहरि बाँस्तोलाले राज्यको नीति काठमैत्री बन्नुपर्नेमा जोड दिए । उनले काठका सामानहरुमा सरकारले सहुलयित गरेर केही सस्तो बनाउने हो भने काठका सामाग्री किन्नका लागि उपभोक्ताहरु आकर्षित हुने बताए । काठका सामग्रीको पहुँच बिस्तार गर्नसके पनि उपभोग गर्नेहरुको संख्यामा वृद्धि हुनसक्ने उनको भनाइ छ ।

पुस २० गतेबाट सुरु भएको मेला आईतबारसम्म चल्नेछ । मेलामा उल्लेख्य रुपमा उपभोक्ता एवं अवलोकनकर्ताहरुको उपस्थिति उल्लेख्य रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतको संयुक्त आयोजनामा सञ्चालित मेलामा ८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु राखिएको छ । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved