तेस्रो मुलुकमा गरिने विद्युत निर्यातको प्रावधानलाई सम्झौतामा समेट्न इप्पानको आग्रह

नेपालभ्युज

तेस्रो मुलुकमा गरिने विद्युत निर्यातको प्रावधानलाई सम्झौतामा समेट्न इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपालमा उत्पादित सबै विद्युत खरिद हुनेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा १० हजार मेगावाट विद्युत खरिद सम्झौता हुने चर्चा भइरहेका बेला इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित जलविद्युत जोसुकैले लगानी गरेपनि त्यसको खरिद भारतले गर्नेगरी सम्झौता गर्न सरकारसँग आग्रह गरेका हुन् ।

बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रुपमा विद्युत खरिद गर्न पाउने प्रावधानलाई समेत समेट्न कार्कीले सरकारलाई सुझाएका छन् ।

तत्कालका लागि बंगलादेशले पनि नेपालसँग ५ हजार मेगावाट विद्युत खरिद गर्न चाहेकाले त्यसको पनि सुनिश्चित हुनेगरी सरकारले भारतसँग सम्झौता गर्नुपर्ने अध्यक्ष कार्कीको भनाई छ ।

उनले भारतसँग विद्युत खरिद सम्झौता गर्दा नेपालमा कुनैपनि देशले विद्युतमा लगानी गर्नसक्ने वातारण बनाउने कुरामा पनि सरकारले कुरा राख्नुपर्ने बताए ।

नेपालको समृद्धिका लागि सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसका लागि वाहिय लगानी आवश्यक भएको भन्दै त्यसलाई पनि ध्यान दिएर भारतसँग सरकारले सम्झौता गर्नु पर्ने इपपानके सुझाव छ ।

अध्यक्ष कार्कीले त्यसका लागि कुनैपनि देशबाट नेपालमा लगानी भित्र्याउने वातावरण निर्माणमा पनि सरकार केन्द्रित हुनुपर्ने बताए । उनले नेपालमा विद्युत उत्पादन र खरिदका लागि उपयुक्त समय भएकाले यस अवसरलाई सदुपयोग हुने गरि सम्झौता गर्न सुझाव दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved