स्पेनिस ला लिगामा भालकानो विजयी

नेपालभ्युज

स्पेनिस ला लिगामा भालकानो विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ । गएराति भएको खेलमा भालकानोले गेटाफेलाई २–० ले पराजित गरेको हो । ८ खेलाडीमा सिमित भएको गेटाफेमाथि रायो भालकानो खेल अवधिभर हाबी भएको थियो ।

गेटाफको जुआन मिगुएल लतासाले रातो कार्ड पाएपछि ४० औं मिनेटमा मैदान छाडेका थिए ।

५० औं मिनेटमा गेटाफेका अर्का खेलाडी मेसन ग्रीनवुडले रातो कार्ड पाउँदै बाहिरिएका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाएको थियो ।

गएराति भएको जितपछि रायो भालकानो २३ अङ्कका साथ ११ औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved