काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने पनि बताए ।
विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजारभन्दा बढी युवाहरु राज्यविरुद्ध उत्रनु सामान्य कुरा नभएको बताए ।
‘हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ तर देशलाई औद्योगीकरण गर्न सकेनौँ । त्यस कारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरु विदेश जानपर्यो’, उनी भन्छन्, ‘अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजारभन्दा बढी युवाहरु राज्यका विरुद्ध आक्रोशमा आउनु सानोतिनो घटना होइन ।’
सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समीक्षा गर्न जरुरी रहेको पनि बताए ।
Facebook Comment
Comment