काठमाडौं। नेपाल पर्यटन बाेर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले नेपालकाे पर्यटनले बिस्तारै लय समात्दै गएकाे बताएका छन्। नेपाल पर्यटन बाेर्डकाे २५ औं वार्षिकोत्सवकाे अवसरमा बाेल्दै कार्यकारी प्रमुख रेग्मीले पर्यटन व्यवसाय विस्तारै सुध्रिँदै गएकाे बताएका हुन् ।
उनले बन्द हड्ताल, काेभिड, आर्थिक मन्दी जस्ता यावत समस्याले थलिएकाे पर्यटन व्यवसायकाे प्रवर्द्धनका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेकाे बताए । “२०२०- २१ र २२ पर्यटन क्षेत्रका लागि निकै अप्ठ्यारो समय थियाे’, उनले भने ‘२०२३ मा नेपालकाे पर्यटन क्षेत्रले विस्तारै लय समात्दै गएकाे छ । यसमा निजी क्षेत्रकाे भूमिका निकै महत्त्वपूर्ण छ ।” यद्यपि लय सुध्रिए पनि पर्यटन क्षेत्रकाे अवस्था सहज नभएकाे उनकाे भनाइ छ ।
उनले नेपालमा भएकाे माैलिक पर्यकीय स्थल र विविध संस्कृतिहरुले पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे बताए । उनले विविध कारणले थलिएकाे पर्यटकीय क्षेत्रकाे प्रवर्द्धन र विकासमा सम्बन्धित सबै निकायले विशेष कदम चाल्नु आवश्यक रहेकाे बताए ।
Facebook Comment
Comment