फाइनल प्रवेशका लागि एपीएफ र कोशी भिड्दै

नेपालभ्युज

फाइनल प्रवेशका लागि एपीएफ र कोशी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज अपराजित टोली एपीएफले कोशी प्रदेशसँग खेल्दै छ । पहिलो क्वालिफायर किर्तिपुर मैदानमा विहान साढे ९ बजे हुने छ ।

कोशी ७ खेलबाट ६ खेल जित्दै १२ अंकका साथ दोस्रो स्थानमा छ । समूह चरणको खेलमा कोशी एपीएफसँग पराजित भएको थियो । एपीएफ ७ खेलसम्म अपराजित रहदै आएको छ । आज जित्ने टोली फाइनल प्रवेश गर्ने छ ।

आजको पराजित टोलीले बागमती र सुदूरपश्चिमको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ ।

बागमती र सुदूरपश्चिमबीचको खेल  दिउँसो सवा १ बजे हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved