बालकुमारी घटना: प्रधानमन्त्रीले २० घन्टापछि लिए सुरक्षा अधिकारीसँग ब्रिफिङ

नेपालभ्युज

बालकुमारी घटना: प्रधानमन्त्रीले २० घन्टापछि लिए सुरक्षा अधिकारीसँग ब्रिफिङ
फाइल फोटो

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन्।

शुक्रबार दिउँसो भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर झन्डै २० घन्टा पछि शनिबार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित रहेका थिए ।

ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानalन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका छन् ।

हिजो दिउँसो कोरियाकाे इपिएस प्रणालीका विषयलाई लिएर बेरोजगार समूहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए । प्रदर्शनकारीले आगजानी गरे पछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर तथा कुटपिटबाट दुई बेरोजगार युवाको मृत्यु भएको थियो भने दर्जनाैं घाइते भएका थिए । । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved