बालकुमारी घटनाबारे सरकारको प्रतिक्रिया : मन्त्रीको गाडी जलाइनु अराजकता, प्रदर्शनकारी मारिनु दुखद

नेपालभ्युज

बालकुमारी घटनाबारे सरकारको प्रतिक्रिया : मन्त्रीको गाडी जलाइनु अराजकता, प्रदर्शनकारी मारिनु दुखद

काठमाडौं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् ।

बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन् ।

उनले उक्त घटनामा प्रदर्शनकारीको मृत्यु हुनुलाई दुखद भनेकी छिन् ।

‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरुको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । त्यसको यथार्थ विवरण आउन बाँकी छ । यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला । तर जे घटना भयो त्यो गलत भयो । त्यो दुःखद् भयो’, उनले भनिन् ।

उनले सो घटनाको सम्बन्धमा सरकारले आवश्यक पहलकदमी लिने पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved