बालकुमारी घटना छानबिन गर्न गृहले बनायो समिति

नेपालभ्युज

बालकुमारी घटना छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं। गृह मन्त्रालयले बालकुमारी घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । डीआइजी लाममणि आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।

आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका छन् । समितिलाई एक हप्ताभित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आज बालकुमारीमा प्रदर्शन भएको छ । सो प्रदर्शनमा उत्रिएका दुई युवाको मृत्यु भएको हो ।

प्रदर्शनकारीले भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएका थिए ।

सुजनको मृत्युले शोकमा दैलेखको महाबु : ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved