प्रधानमन्त्री कप महिला क्रिकेट :

मधेसमाथि सुदूरपश्चिमको जित, बागमतीले लुम्बिनीलाई हरायो

नेपालभ्युज

मधेसमाथि सुदूरपश्चिमको जित, बागमतीले लुम्बिनीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले पराजित गरेको हो। यो सुदूरपश्चिमको लगातार चौथो जित हो।

८३ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१ रन जोडे। मधेसका लागि भने साक्क्षी यादवले र कविता गौतमले २–२ तथा पूजा महतोले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ८२ रन बनायो। मधेसका लागि पूजा महतोले २७ र साना प्रविनले अविजित १९ रन बनाए। सुदूरपश्चिमका लागि भने लक्ष्मी साउदले ४ तथा कविता जोशी र जानकी थापाले १–१ विकेट लिए।

५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ। ५ खेलबाट २ अंक जोडेको मधेस सातौँ स्थानमा छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बागमतीले लुम्बिनीलाई ९ रनले पराजित गर्यो।

११० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०० रन बनायो। लुम्बिनीका लागि कप्तान सरस्वती घर्ती मगरले २९ र कमला घर्ती मगरले अविजित २० रन बनाए।

पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०९ रन बनायो। बागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक ४६ रन बनाइन्। याशु पान्डे भने १२ रनमा अविजित रहिन्। लुम्बिनीका लागि शर्मिला रोक्काले ३ तथा मनिशन राना, कृतिका मरासिनी, मधु डिसी र कमला घर्ती मगरले १–१ विकेट लिए।

५ खेलबाट ६ अंक जोडेको बागमती चौथो स्थानमा छ भने ५ खेलबाट ४ अंक जोडेको लुम्बिनी पाँचौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved