जाडोमा तोरीको तेलले मालिस गर्दा पाइने फाइदा

नेपालभ्युज

जाडोमा तोरीको तेलले मालिस गर्दा पाइने फाइदा

एजेन्सी । तोरीको तेल अत्यधिक नेपालीको भान्सामा हुन्छ । यो खान मात्रै होइन मालिसका लागि पनि प्रयोग हुन्छ । यसमा छालालाई चाहिने भिटामिन ई लगायतका तत्व पाइन्छन् । जसले छालालाई विभिन्न समस्याबाट जोगाउँछन् ।

तोरीको तेलले मालिस गर्दा रक्तसञ्चार राम्रो हुन्छ । यसमा पाइने पोषक तत्वले खुट्टा सुन्निएको पनि कम हुन्छ । त्यस्तै तपाईंले धेरै नै थकान महसुस गर्नुभएको छ भने तोरीको तेलले खुट्टामा मालिस गर्दा एकदमै आराम पाउन सकिन्छ ।

तोरीको तेलले मालिस गर्दा जोर्नीहरुको दुखाई पनि कम हुन्छ । किनकी यसले रक्तसञ्चार राम्रो बनाउँछ ।

त्यस्तै सुत्नेबेला तोरीको तेलले खुट्टा मालिस गर्दा आरामको निद्रा लाग्छ ।

यदि तपाईं बाथको समस्याले ग्रस्त हुनुहुन्छ भने पनि मनतातो तोरीको तेलले मालिस गर्नुहोस् । यसले हातखुट्टा सुन्निएको वा दुखेकोमा एकदमै आराम हुन्छ ।

दैनिक रुपमा तोरीको तेलले खुट्टा मालिस गर्दा हड्डीहरु पनि बलियो हुन्छन् । यसले जाडोमा शरीर दुख्ने जस्ता समस्यामा पनि तोरीको तेलको मालिस एकदमै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved