एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

नेपालभ्युज

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उनले ट्वीटरमार्फत यसबारे जानकारी गराएका हुन्। उनले आफूलाई लक्षणसहित संक्रमण पुष्टि भएको लेखेका छन्। साथै आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह पनि गरेका छन्।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गराउन पनि अनुरोध गरेका छन्।

गएको १० मंसीरदेखि चितवनमा एमलेको १० औं महाधिवेशन सम्पन्न भएको थियो। उक्त क्रममा लाखौंको भीडमा मानिसहरू भेला भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved