काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाई सुरु भएको छ । उनीविरिुद्ध लागेको जबर्जस्ती करणी मुद्दाको फैसला अघि सुनुवाई सुरु भएको हो ।
सन्दीपको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा छ । अहिले जाहेरवालाको तर्फबाट बहस भइरहेको छ । जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् ।
यसपछि सन्दीपको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । दुवै बहस सुनेपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । यसपछि वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताले बहस नोट बुझाइसकेका छन् ।
गत १५ फागुनमा सर्वोच्च अदालतले चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिला भएको थियो ।
Facebook Comment
Comment