कांग्रेस १४ औँ महाधिवेशन

सिंह भेट्न चाक्सीबारी पुगे खाँड, दोस्रो चरणमा देउवालाई सघाउन आग्रह

देउवाले दोस्रो चरणमा शेखर कोइरालासँग भिड्दा आफूलाई सघाउने वातावरण बनाउनका लागि विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँडलाई सिंह निवास चाक्सीबारी पठाएका छन्।

नेपालभ्युज

सिंह भेट्न चाक्सीबारी पुगे खाँड, दोस्रो चरणमा देउवालाई सघाउन आग्रह

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिको लागि दोस्रो चरणमा निर्वाचन हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिका प्रत्याशी प्रकाशमान सिंहलाई फकाउने प्रयास गरेका छन्।

देउवाले दोस्रो चरणमा शेखर कोइरालासँग भिड्दा आफूलाई सघाउने वातावरण बनाउनका लागि विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँडलाई सिंह निवास चाक्सीबारी पठाएका छन्।

सभापति पदका लागि भएको मतगणनामा पहिलो चरणमा शेरबहादुर देउवा विजयी नभएपछि उनले गृहमन्त्री खाँडलाई सिंहको निवास पठाएका हुन्।

सिंहलाई भेट्न देउवाको दूत बन्दै खाँड सिंह निवास पुगिसकेका छन्। सभापतिको दौडमा तेस्रो स्थानमा रहेका सिंहलाई आफ्नो समर्थनमा ल्याउनका लागि देउवाले खाँडलाई खटाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved