काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन् ।
शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै काँग्रेस नेता रिजालले यस्तो बताएका हुन् । उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए ।
उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे । रिजालले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए ।
मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने उनको भनाइ छ । उनले अर्थतन्त्र सवल बन्ने सबै आधारहरु बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए।
Facebook Comment
Comment