देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्छ : मन्त्री यादव

नेपालभ्युज

देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्छ : मन्त्री यादव

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए ।

उनले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्ने कुरामा काम गरिरहेको उल्लेख गरे । सबै क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने उनको भनाइ छ । उनले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढुंगानाले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्नु नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved